Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रिमियर लिगमा म्यानचेस्टरसँग एभर्टन पराजित

प्रिमियर लिगमा म्यानचेस्टरसँग एभर्टन पराजित

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 892
    SHARES

  • प्रिमियर लिगमा म्यानचेस्टरसँग एभर्टन पराजित

    काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १० अङ्कको अग्रता कायम गरेको छ ।

    गएराति भएको खेलमा एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले १० अङ्कको अग्रता बनाएको हो । जितसँगै म्यानचेस्टर सिटीको २४ खेलबाट ५६ अङ्क भएको छ भने समान २४ खेल नै खेलेको म्यानचेस्टर युनाइटेडको ४६ अङ्क छ ।

    एभर्टन २३ खेलमा ३७ अङ्क जोड्दै सातौँ स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा बनर्ली र फुलह्यामले एकरएक गोलको बराबरी खेलेका छन् ।


    बिहिवार, फाल्गुण ६ २०७७०९:५६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij