Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

दाहाल-नेपाल पक्ष मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दै

दाहाल-नेपाल पक्ष मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दै

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 924
    SHARES

  • दाहाल-नेपाल पक्ष मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दै

    काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले आज टुँडिखेल घेराउ गर्दै छ । अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल मानव साङ्लो बनाएर घेर्न लागेको हो ।

    संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै टुँडिखेल धेर्न लागेको बताइएको छ । घेराउका लागि जनवर्गाीय संगठनहरुलाई कार्य विभाजन गरिएको छ ।

    मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ ।

    भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु रहने छन् । सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका उपस्थित हुन भनिएको छ ।

    दाहाल–नेपाल समूह संसद विघटनको विरोधमा हाल चौथो चरणको आन्दोलनमा छ ।


    बिहिवार, फाल्गुण ६ २०७७१०:५४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij