Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थापाको दाबी, ‘ओली र देउवा मात्र होइन प्रचण्ड र बाबुराम पनि हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा छन्’

थापाको दाबी, ‘ओली र देउवा मात्र होइन प्रचण्ड र बाबुराम पनि हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा छन्’

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 1.5K
    SHARES

  • थापाको दाबी, ‘ओली र देउवा मात्र होइन प्रचण्ड र बाबुराम पनि हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा छन्’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डसँगै डा. बाबुराम भट्टराईसम्मका पूर्वप्रधानमन्त्रीहरु हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा रहेको खुलासा गरेका छन् । हालै एउटा राष्ट्रिय टेलिभिजनसँगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।

    ‘प्रचण्ड, बाबुराम, केपी ओली र शेरबहादुर देउवाले मलाई पटक–पटक तपाईँहरु हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा दह्रोगरी लाग्नुहोस् भन्नुभएको छ’, अन्तरवार्तामा उनले भने, ‘उहाँहरु सबै हिन्दूराष्ट्रको पक्षमा हुनुहुन्छ त्यसैले मलाई अहिलेसम्म कहीँ पनि गणतन्त्रको पक्षमा सही गराउनुभएको छैन ।'

    सो अवसरमा अध्यक्ष थापाले नेपालमा हिन्दूराष्ट्र र राजसंस्था फर्किने र त्यसका लागि बिस्तारै वातावरण बन्दै गएको दाबी गरे । हिन्दूराष्ट्र र राजसंस्थाको विषयमा जोसँग पनि सहकार्य गरेर अघि बढ्ने उनले बताए । 


    बिहिवार, फाल्गुण ६ २०७७०३:४५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij