काठमाडौं । काँग्रेस नेता गुरुराज घिमिरेले काँग्रेस प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीमा एकमत रहेको उहाँले दावी गर्नुभयो । नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता घिमिरेले भन्नुभयो,“पार्टीमा दुईधार छन् भन्ने अनाधार हल्ला बाहिर प्रचार गरिएको जस्तो होइन, प्रतिनिधिसभा विघटनविरुद्ध पार्टी एकजुट भएर लडिरेहेको जानकारी गराए ।”
व्यक्तिपिच्छे धारणा फरक हुने भएकाले कस्ले व्यक्तिगतरुपमा के भने भन्दा पनि पार्टीले आधिकारीक तवरले के निर्णय गरेको छ त्यस्ले महत्व राख्ने उहाँले बताउनुभएको छ ।
प्रजातन्त्र जोगाउनु काँग्रेसको मुल कर्तव्य भएकाले पार्टी त्यसैमा केन्द्रीत रहेको नेता घिमिरेले स्पष्ट पार्नुभयो । निर्वाचनमा जानु संवैधानिक भएपनि समयभन्दा अगावै कानुन मिचेर र अलोकतान्त्रिक किसिमले घोषणा गरेको निर्वाचनको काँग्रेसले विरोध गरेको उहाँले उल्लेख गर्नुभएको छ ।
भदौमा पार्टीको महाधिवेशन जसरी पनि सम्पन्न हुने नेता घिमिरेले दावी गर्नुभयो ।