काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम खेल हुँदै छ ।
दिउँसो २ बजे दशरथ रङ्गशालामा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल हुँदै छ । एपीएफले लिगको उपाधि जितिसकेको छ भने आर्मी उपविजेता बनिसकेको छ ।
डबल राउण्ड रोबिनको आधारमा सुरु भएको खेलमा ७ समूह सहभागी भएका थिए ।
प्रतियोगिताको विजेताले १५ लाख, दोस्रोले ८ लाख, तेस्रोले ५ लाख र चौथो हुनेले ३ लाख रुपैयाँ पाउने छन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने छन् ।