Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

दाहाल–नेपाल समूह बहुमत केन्द्रीय सदस्यको नागरिकता बोकेर आयोग जाँदै

दाहाल–नेपाल समूह बहुमत केन्द्रीय सदस्यको नागरिकता बोकेर आयोग जाँदै

  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 1.3K
    SHARES

  • दाहाल–नेपाल समूह बहुमत केन्द्रीय सदस्यको नागरिकता बोकेर आयोग जाँदै

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूह बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने भएको छ ।

    लामो समयदेखि पार्टी भित्रको विवाद नटुङ्गिएपछि आज बहुमत केन्द्रीय सदस्यसहित दाहाल–नेपाल समूह निर्वाचन आयोगमा जान लागेको हो । त्यसका लागि सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडा बोलाइएको छ ।

    गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेपछि असन्तुष्टि जनाउँदै दाहाल–नेपाल समूहले विरोधका कार्यक्रम गर्दै आएको छ । नेकपाको आधिकारिकताको विषय नटुङ्गिदा विवाद झन् बढ्दै गएको छ ।

    दुवै समूहले पार्टीको आधिकारिकता दाबी गरे पनि आयोगले कुनै निर्णय गरेको छैन । आयोगले दुवै समूहले गर्दै आएका निर्णय र कार्यक्रमलाई मान्यता नदिने बताएको छ ।

    सरकारको दबाबमा परेर निर्वाचन आयोगले आवश्यक निर्णय गर्न नसकेको दाहाल–नेपाल समूहले आरोप लगाउँदै आएको छ ।


    शुक्रवार, फाल्गुण ७ २०७७०९:४९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij