Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संसद् पुनर्स्थापना भए मुलुक स्थीर गतिमा चल्छ : वरिष्ठ अधिवक्ता केसी

संसद् पुनर्स्थापना भए मुलुक स्थीर गतिमा चल्छ : वरिष्ठ अधिवक्ता केसी

  • आइतवार, फाल्गुण ९ २०७७

  • 1.3K
    SHARES

  • संसद् पुनर्स्थापना भए मुलुक स्थीर गतिमा चल्छ : वरिष्ठ अधिवक्ता केसी

    काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले नेपालको अहिलेको संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएकाले पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता केसीले भन्नुभयो,“पाँच वर्ष सरकार चल्नुपर्छ भन्ने कानुनअनुसार संविधान बनेको छ, संविधान सबैभन्दा उच्च भएकाले कसैले व्यक्तिगतरुपमा बोली फेरेपनि संविधानमा उल्लेख भएको तथ्यअनुसार सर्वोच्च अदालतले फैसला गर्नेमा म बिश्वस्त छु ।”

    संसद् पुनस्र्थापना भएपछि मुलुक फेरी विकासको स्थीर गतिमा चल्ने उहाँले उल्लेख गर्नुभएको छ । बैशाखमा निर्वाचन हुने कुनै पनि किसिमको सम्भावना नरहेकाले संसद् पुनर्स्थापना हुनुपर्ने उहाँको तर्क छ ।

    संसद् मन्दिर भएकाले सबैले त्यसको संरक्षणमा जोड दिनुपर्ने बताउँदै वरिष्ठ अधिवक्ता केसीले त्यसो हुन नसके देश अलोकतान्त्रिक बाटोमा मोडिने खतरा रहेकोे स्पष्ट पार्नुभयो ।

    प्रधानमन्त्री देशको अभिभावक भएकाले उहाँले सर्वोच्च अदालतको फैसलालाई सबैले मान्नुपर्छ भन्नेमा जोड दिनुपर्ने दावी गर्नुभयो ।


    आइतवार, फाल्गुण ९ २०७७०६:५५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij