Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ला लिगा : लेभान्टेसँग एट्लेटिको मड्रिड पराजित

ला लिगा : लेभान्टेसँग एट्लेटिको मड्रिड पराजित

  • आइतवार, फाल्गुण ९ २०७७

  • 875
    SHARES

  • ला लिगा : लेभान्टेसँग एट्लेटिको मड्रिड पराजित

    काठमाडौं । स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडलाई लेभान्टेले पराजित गरेको छ ।

    आठौं स्थानमा रहेको लेभान्टेले शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

    जितसँगै लेभान्टेको ३१ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ५५ अङ्क रहेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको रियल मड्रिडले रियल भालाडोलिडालाई पराजित गर्दै अङ्क सुधार गरेको छ ।

    २१ अङ्कसहित १९ स्थानमा रहेको रियल भालाडोलिडालाई १–० गोलले पराजित गर्दै रियल मड्रिडले दोस्रो स्थान कायम गर्दै ५२ अङ्क बनाएको हो ।
    १२ औं स्थानमा रहेको भ्यालेन्सियाले १० औँ स्थानमा रहेको सेल्टा भिगोलाई २–० गोलले पराजित गरेको छ ।

    लिगमा भ्यालेन्सियाको २७ अङ्क छ भने सेल्टा भिगोको ३० अङ्क रहेको छ । गएराति नै भएको अर्को यल्चीले एइबरलाई १–० गोलले पराजित गरेको छ ।


    आइतवार, फाल्गुण ९ २०७७०८:४८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij