Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रदेश १ को प्रदेशसभा :

आजको बैठक पनि अवरोध गर्ने ओली समूहको तयारी

आजको बैठक पनि अवरोध गर्ने ओली समूहको तयारी

  • आइतवार, फाल्गुण ९ २०७७

  • 982
    SHARES

  • आजको बैठक पनि अवरोध गर्ने ओली समूहको तयारी

    काठमाडौं । संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि नेकपा-ओली समूहले प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गर्ने भएको छ ।

    आज दिउँसो २ बजे आह्वान गरिएको जारी सातौ हिउँदे अधिवेशनको तेस्रो बैठक सञ्चालन गर्न नदिने नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो ।

    यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।

    दल विभाजनले आधिकारिता पाएपछि मात्रै बैठक सञ्चालन गर्न मिल्ने राजभण्डारीको भनाइ छ । ओली पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने दाहाल–नेपाल समूहका १६ जना सांसदहरुलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

    यता, नेकपा दाहाल–नेपाल समूहले आजको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्नुपर्ने बताएको छ । उक्त समूहका नेता इन्द्र आङ्बोले प्रदेशसभा भङ्ग गर्ने अभिव्यक्ति दिँदै हिँड्ने सरकारसँग अनौपचारिक छलफलमा बस्नुपर्ने औचित्य नरहेको पनि बताउनुभयो ।

    यसैबिच, नेपाली कांग्रेस प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले भने सदन रोक्न नमिल्ने बताउनुभएको छ । सरकार पक्षले सदन रोक्न नमिल्ने बताउँदै उहाँले आजबाट निरन्तर रुपमा अघि बढ्नु पर्ने धारणा राख्नुभयो ।

     

     

     


    आइतवार, फाल्गुण ९ २०७७१०:१९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij