Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

प्रधानमन्त्री राजनीतिकरुपमा अनैतिक बन्नुभयो : रावल

प्रधानमन्त्री राजनीतिकरुपमा अनैतिक बन्नुभयो : रावल

  • सोमवार, फाल्गुण १० २०७७

  • 998
    SHARES

  • प्रधानमन्त्री राजनीतिकरुपमा अनैतिक बन्नुभयो : रावल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता डा.भीम रावलले फागुन ८ गते विराटनगरमा भएको जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चलाई दिएको धम्किसँग कोहि नडराउने दावी गर्नुभयो ।

    जनसभामा दिएको अभिव्यक्ति हास्याँपद, स्वेच्छाचारी र अन्यन्त निरंकुश रहेकाले आन्दोलनको धम्किले कसैलाई असर नपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

    नेता रावलले प्रधानमन्त्रीले भनेको सबै कुरा मान्नुपर्ने भए सरकारले लोकतन्त्र केहिपनि होईन प्रधानमन्त्रीकै भनाई हुकुमका रुपमा लागू हुनुपर्छ भनेर घोषणा गर्नुपर्ने टिप्पणी गर्नुभएको छ ।

    संविधान र कानुन मिचेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै उहाँले प्रधानमन्त्री अलोकतान्त्रिक र राजनीतिकरुपमा अनैतिक बनेको जिकिर गर्नभएको छ ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता रावलले भन्नुभयो,“निर्वाचन आयोगले नेकपाको दाहाल–नेपाल समूहलाई नै आधिकारीकता प्रदान गर्ने छ ।”

    नेता रावलले कञ्चनपुरको बेदकोट नगरपालिकामा जग्गाप्राप्ति हुनुपूर्व नै सिर्फ लोकप्रियताका लागि प्रधानमन्त्रीले दैजी छेला औद्योगिक क्षेत्रमा उद्योगका भवन निर्माण गर्नका लागि शिलान्यास गर्न लाग्नुभएको आरोप पनि लगाउनुभएको छ ।


    सोमवार, फाल्गुण १० २०७७०७:००:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij