Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दिल्लीले सन्दीपलाई अनुबन्ध नगरकोेमा गम्भीरको यस्तो प्रतिक्रिया

दिल्लीले सन्दीपलाई अनुबन्ध नगरकोेमा गम्भीरको यस्तो प्रतिक्रिया

  • सोमवार, फाल्गुण १० २०७७

  • 1.0K
    SHARES

  • दिल्लीले सन्दीपलाई अनुबन्ध नगरकोेमा गम्भीरको यस्तो प्रतिक्रिया

    काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टालीका पूर्वसदस्य गौतम गम्भीरले दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल)मा यो वर्ष नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अनुबन्ध नगरेकोमा आश्चर्य प्रकट गरेका छन् । गत बिहीबार चेन्नईमा सम्पन्न आपिएलको अक्सनबाट दिल्लीले अष्ट्रेलियन खेलाडी स्टिभ स्मिथलाई अनुबन्ध गरेकोप्रति गम्भीरले आश्चर्य जनाएका हुन् । उनले आफूलाई दिल्लीले अक्सनबाट स्मिथलाई अनुबन्ध गर्छ भनेर यसअघि नसोचेकोसमेत बताएका छन् ।

    गम्भीरले दिल्लीसँग माथिल्लो क्रममा ब्याट्सम्यान प्रशस्त भएको बताउँदै स्टार स्पोट्ससँगको कुराकानीमा भने, ‘यसले गर्दा स्मिथले टिममा पोजिसन नै पाउन मुश्किल परेको छ ।’

    gambhir-1587098596.jpg

    स्मिथ व्याट्सम्यान भएकाले दिल्लीलाई प्लेइङ–११ मा उनलाई समावेश गर्न गाह्रो हुने गम्भीरको तर्क छ ।

    ‘टिमसँग अलरेडी माथिल्लो क्रममा उत्कृष्ट ब्याट्सम्यान छन्,’ उनले भने, ‘दिल्लीसँग माथिल्लो क्रममा शिखर धवन, पृथ्वी शाँ, अजिन्क्य रहाणे, श्रेयस ऐय्यर र ऋषभ पन्त छन् । यस्तो अवस्थामा स्मिथलाई प्लेइङ –११ मा उपयुक्त स्थान दिन दिल्लीलाई गाह्रो हुनेछ ।’

    दिल्ली क्यापिटल्सका पूर्वकप्तानसमेत रहेको गम्भीरले योपटक दिल्लीको रिस्ट स्पिन पक्ष कमजोर देखिएकोसमेत बताएका छन् ।

    साथै, उनले अमित मिश्राको फिटनेस कमजोर रहेकाले दिल्लीले सन्दीपलाई प्राथमिकतामा राखेको भए उपर्युक्त हुने पनि बताए ।
    ‘दिल्लीले नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई रिलिज गर्नुहुन्थ्यो’, उनले दाबी गर्दै भने, ‘अक्सनबाट स्मिथको स्थानमा स्पिनरलाई अनुबन्ध गरेको भए दिल्ली झन् मजबुद देखिन्थ्यो ।’

    gambhir-1587098596.jpg

    मिश्राले चोटकै कारण गत सिजनको आइपिएलमा तीन खेल मात्र खेल्न पाएका थिए । यो पटक पनि उनको फिटनेसलाई लिएर गम्भीरले प्रश्न उठाएका छन् ।

    दिल्लीले योपटक स्मिथसँगै साम बिलिङ्स, टम करन, उमेश यादव, एम सिद्धार्थ, रिपल पटेल, विष्णु विनोद र लुकमान हुसेन मेरीवालालाई अनुबन्ध गरेको छ ।

    दिल्ली गत सिजनको आइपिएलमा पहिलोपटक फाइनलसम्म प्रवेश गरेको थियो । तर, फाइनलमा भने उ मुम्बईसँग पाँच विकेटले पराजित भएको थियो ।


    सोमवार, फाल्गुण १० २०७७११:५४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij