Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको फैसलाअनुरुप देशको राजनीतिक अवस्था चल्छ : उपाध्याय

सर्वोच्चको फैसलाअनुरुप देशको राजनीतिक अवस्था चल्छ : उपाध्याय

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 859
    SHARES

  • सर्वोच्चको फैसलाअनुरुप देशको राजनीतिक अवस्था चल्छ : उपाध्याय

    काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले देशको राजनीतिक अवस्था अब सर्वोच्च अदालतले गरेको निर्णयअनुरुप चल्ने बताउनुभएको छ ।

    उहाँले प्रतिनिधिसभा विघटन संविधानविपरित गरिएकाले पुनस्र्थापना हुने धारणा पनि राख्नुभयो । पूर्वसचिव उपाध्यायले पुनस्र्थापना नभए देशमा राजनीतिक अस्थिरिता आउने चेतावनी पनि दिनुभएको छ ।

    प्रधानन्यायाधीशसँग प्रधानसेनापतिको भेटलाई धेरै ठूलो विवादास्पद नबाउनुपर्ने उहाँले बताउनुभयो ।

    भेटमा बाहिर आएजस्ता विषयबारे छलफल नभएर देशको शान्तिसुरक्षाका विषयमा पनि छलफल भएको हुनसक्ने भएकाले अनाधार हल्ला फैलाउन नहुने पूर्वसचिव उपाध्यायले स्पष्ट पार्नुभयो ।

    बैशाखमा निर्वाचन असम्भव रहेको उल्लेख गर्दै उहाँले निर्वाचन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन नगरेको दावी गर्नुभएको छ ।


    मंगलवार, फाल्गुण ११ २०७७०७:०५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij