Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्रीपरिषद्को बैठक बालुवाटारमा जारी, हुँदैछ यस्तो महत्वपूर्ण निर्णय

मन्त्रीपरिषद्को बैठक बालुवाटारमा जारी, हुँदैछ यस्तो महत्वपूर्ण निर्णय

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 4.3K
    SHARES

  • मन्त्रीपरिषद्को बैठक बालुवाटारमा जारी, हुँदैछ यस्तो महत्वपूर्ण निर्णय

    फाइल तस्बिर 

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । केहीबेर अघि सुरु भएको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने बताइएको छ ।

    बालुवाटारनिकट स्रोतका अनुसार आजको बैठकले प्रतिबन्द फुकुवाको निर्णय गरेर विप्लव समूहलाई औपचारिक रुपमा वार्ताको लागि आह्वान गर्नेछ ।

    सरकारले वार्ताको वातावरण बनाए आफूहरु संवादका लागि तयार रहेको भन्दै शनिबार मात्रै विप्लवले विज्ञप्ति जारी गर्नुभएको थियो ।

    वार्ता टोली गठनअघि नै सरकारका प्रतिनिधि र विप्लवका दोस्रो तहका नेताहरुबीच अनौपचारिक वार्ता भने भइरहेको स्रोतले दाबी गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक भएको थियो । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे बैठक डाकिए पनि अबेर गरी प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्ने गर्छ । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ ।

    परिषद्का सदस्यसचिव तथा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले आजकोे बैठक नियमित भएको प्रतिक्रिया दिनुभएको छ ।

    सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।


    मंगलवार, फाल्गुण ११ २०७७१२:१५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij