Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

युरोपियन च्याम्पियन्स लिगमा चेल्सी र बायर्न विजयी

युरोपियन च्याम्पियन्स लिगमा चेल्सी र बायर्न विजयी

  • बुधवार, फाल्गुण १२ २०७७

  • 738
    SHARES

  • युरोपियन च्याम्पियन्स लिगमा चेल्सी र बायर्न  विजयी

    एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति चेल्सी र बायर्न म्युनिख विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा गएराती चेल्सी १–० ले विजयी भयो।

    स्पेनको एथ्लेटिको मड्रिडलाई उसैको मैदानमा पराजित गर्न चेल्सीका ओलिभर जिरुले निर्णायक गोल गरे । फ्रेन्च खेलाडी जिरुले ६८ औं मिनेटमा गोल गर्दै दोस्रो लेगको खेलपूर्व चेल्सीलाई अग्रता दिएका हुन् ।

    गएराति भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले इटालीको लाजियोलाई ४–१ ले हरायो । खेलमा बायर्नलाई विजयी गराउन रोबर्ट लेवान्डोस्की, जमाल मुसियाला र लेरोए सानेले एक एक गोेल गरे ।

    लाजियोका फ्रान्सेस्का अकार्बीले एक आत्माघाति गोल गरेपछि बायर्न ४–१ ले विजयी भएको हो । लाजियोका लागि भने वाकिन कोरियाले एक गोल फर्काएका थिए । च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हनेछन् । आज स्पेनको रियाल मड्रिडले इटालीको एटलान्टासँग खेल्दा जर्मनीको बोरुसिया एम्ब्याच र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी भिड्नेछन् ।

     


    बुधवार, फाल्गुण १२ २०७७०९:४०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij