Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक शुरु

नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक शुरु

  • बुधवार, फाल्गुण १२ २०७७

  • 1.0K
    SHARES

  • नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक शुरु

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल-नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा शुरु भएको छ ।

    सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो । छलफलमा ८० बढी सांसदहरु उपस्थित भएको जनाइएको छ ।

    बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनापछिको अवस्थाका बारेमा छलफल भइरहेको जनाइएको छ ।

    संसदीय दलको बैठकमा नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् ।

    ययसअघि आजै बसेको दाहाल नेपाल समूहको नेकपाको स्थायी कमिटी बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।


    बुधवार, फाल्गुण १२ २०७७०५:३९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij