Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

घाना बन्यो कोभ्याक्स सुविधामार्फत कोरोनाविरुद्धको खोप पाउने विश्वको पहिलो देश

घाना बन्यो कोभ्याक्स सुविधामार्फत कोरोनाविरुद्धको खोप पाउने विश्वको पहिलो देश

  • बिहिवार, फाल्गुण १३ २०७७

  • 1.0K
    SHARES

  • घाना बन्यो कोभ्याक्स सुविधामार्फत कोरोनाविरुद्धको खोप पाउने विश्वको पहिलो देश

    एजेन्सी । पश्चिम अफ्रिकी मुलुक घाना, कोभ्याक्स सुविधामार्फत कोरोनाविरुद्धको खोप पाउने विश्वको पहिलो देश बनेको छ ।

    घानाको राजधानी अक्रामा कोभ्याक्समार्फत एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरेको ६ लाख खोपको मात्रा पुगेको छ ।

    घानामा हालसम्म ८० हजार बढीमा कोरोना संक्रमण देखिएको छ भने ५ सय ८० जनाको मृत्यु भएको छ ।

    विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रमअन्तर्गत विश्वभर समान रुपमा कोरोनाको खोप पुर्‍याउने उद्देश्य राखेको छ ।

    कोभ्याक्समार्फत यो वर्षको अन्त्यसम्म १ सय ९० मुलुकमा दुई अरब खोप उपलब्ध गर्ने लक्ष्य लिइएको छ ।

    कोम्याक्सबाट ९८ धनी मुलुकसंगै ९२ गरिब मुलुकलाई पनि खोपको सुनिश्चितता गर्ने बताइएको छ ।

    विश्व स्वास्थ्य संगठन र यूनिसेफले कोभ्याक्सको शुरुवातलाई महत्वपूर्ण अबसर भन्दै यसबाट महामारी अन्त्य हुने दिशा तर्फ उन्मुख हुने विश्वास जनाएको छ ।


    बिहिवार, फाल्गुण १३ २०७७०६:४७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij