Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बी डिभिजन लिगमा आज दुई खेल हुने

बी डिभिजन लिगमा आज दुई खेल हुने

  • बिहिवार, फाल्गुण १३ २०७७

  • 820
    SHARES

  • बी डिभिजन लिगमा आज दुई खेल हुने

    काठमाडौं । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदै छन् ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा आरसीटी र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुने छ ।

    आरसीटी र नयाँबस्तीबीचको खेल मध्यान्ह १२ः१५ बजे सुरु हुने छ । दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

    नयाँबस्ती ६ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आरसीटी ६ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

    यस्तै दोस्रो खेल झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच खेल हुने छ ।

    झम्सिखेल र ब्वाइजबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुने छ ।

    झम्सिखेल ६ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । ब्वाइज ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।


    बिहिवार, फाल्गुण १३ २०७७०८:२५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij