Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपासँग सत्ता साझेदारीबारे दाहाल-नेपाल पक्षको छलफल

जसपासँग सत्ता साझेदारीबारे दाहाल-नेपाल पक्षको छलफल

  • बिहिवार, फाल्गुण १३ २०७७

  • 1.3K
    SHARES

  • जसपासँग सत्ता साझेदारीबारे दाहाल-नेपाल पक्षको छलफल

    काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ ।

    हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो ।

    नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् ।

    प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र पारेको छ । जसपाले पनि राजनीतिक परिस्थति फेरिएसँगै दाहाल–नेपाल समूहसँग सहकार्य गर्न सक्ने जनाएको छ ।

    प्रतिनिधिसभामा जसपाका ३४ जना सांसद रहेकोमा हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् ।


    बिहिवार, फाल्गुण १३ २०७७११:११:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij