Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सक्कली नेकपालाई काँग्रेसको साथ : नेता खड्का

सक्कली नेकपालाई काँग्रेसको साथ : नेता खड्का

छेपारोले जस्तै रंग फेर्ने हुँदा नेकपाको बिश्वास गरिहाल्न सकिदैँन :नेता जबरा
  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 1.1K
    SHARES

  • सक्कली नेकपालाई काँग्रेसको साथ : नेता खड्का

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा.नारायण खड्काले सक्कली र नक्कली नेकपा छुट्टाउन पार्टीले पहिले पार्टी आधिकारीकताको विषय टुङ्गो लगाउन सुझाव दिएको स्पष्ट पार्नुभयो ।

    सत्ता समिकरण गर्नै परे लोकतान्त्रिक र संसदीय मूल्य मान्यता कोसँग बढी मेल हुन्छ त्यसैलाई साथ दिने पनि नेता डा.खड्काले दावी गर्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता डा.खड्काले भन्नुभयो,“२०४७ सालदेखि हालसम्म कस्ले लोकतान्त्रिक पद्दतिको रक्षा गरेको छ, त्यो नेकपाको समूहलाई काँग्रेसले साथ दिने छ, शक्तिको खेल हो, कोसँग भरपर्दो तरिकाले दुई वर्षको कार्यकाल बिताउन सकिन्छ त्योसँग सत्ता साझेदारी हुने छ ।”

    देशमा संकट आएपछि निकास दिनका लागि काँग्रेस सरकारमा जानुपर्ने उहाँको धारणा छ ।

    उहाँले जनताले दुईतिहाइ मतका साथ निर्वाचित गराएको नेपाल कम्युनिस्ट पार्टी नेकपाले मतको कदर गर्न नसकेको टिप्पणी पनि गर्नुभएको छ ।

    यसैबीच, काँग्रेसका नेता उदय शम्शेर जबराले कम्युनिस्टहरुले छेपारोले जस्तै रंग फेर्ने भएकाले तत्काल नेकपाको बिश्वास गरिहाल्न नसकिने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता जबराले भन्नुभयो,“यो मेरो व्यक्ति धारणा होईन नेकपाले पुष्टि गरेको यर्थाथ हो उहाँहरु छेपारोजस्तो रंग बदल्नु हुन्छ, त्यसैले अहिले नै कसैको बिश्वास गर्ने आधार तयार छैनन्, काँग्रेस पर्ख र हेरको पाटोमा छ ।”

    नेपाल कम्युनिस्ट पार्टी नेकपा आधिकारीकरुपमा नफुटेकाले काँग्रेसले अहिले नै सरकारमा जानकै लागि वास्तिवकता नबुझि अगाडी नबढ्ने उहाँले दावी गर्नुभयो ।


    शुक्रवार, फाल्गुण १४ २०७७०६:२४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij