काठमाडौं । जनता समाजवादी पार्टी जसपाले दाहाल–नेपाल समूहसँग सत्ता साझेदारीका लागि सहकार्य गर्ने संकेत देखाएको छ ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै जसपाका नेता राजेन्द्र श्रेष्ठले सत्ता साझेदारी गर्नै परे प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएर दाहाल–नेपाल समूहसँग गर्ने बताउनुभएको छ ।
“मुलुकलाई प्रतिगामी दिशातिर धकेल्ने प्रयास गर्ने प्रधानमन्त्रीसँग सहकार्य गर्नु हाम्रो मान्यता विपरित हुन जान्छ, म त भन्छु काँग्रेसले पनि इतिहासबाट पाठ सिकेर निर्णय लिनुपर्छ ।”
नेता श्रेष्णले बिहिबार दाहाल–नेपाल समूहसँग सत्ता समिकरणबारे बिस्तृत छलफल भएको पनि बताउनुभएको छ ।
दाहाल–नेपाल समूहले नयाँ सरकार गठन गर्न सहकार्य गरौँ भन्ने प्रस्ताव राखेकोमा जसपाले संविधान संशोधन गर्नुपर्ने माग राखेको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।