Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सहिद स्मारक बी डिभिजन लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक बी डिभिजन लिगमा आज दुई खेल हुँदै

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 1.3K
    SHARES

  • सहिद स्मारक बी डिभिजन लिगमा आज दुई खेल हुँदै

    काठमाडौं । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदै छन् ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीच खेल हुने छ ।

    दुई टिमबीचको खेल मध्याहन १२ः१५ बजे सुरु हुने छ । र, दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

    लिगमा सातदोबाटो ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । खुमलटार १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    यस्तै आज अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले टुसाल युथ क्लबसँग खेल्ने छ ।

    मध्यपुर र टुसालबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुने छ । दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् ।

    मध्यपुर १ अंक जोडेर पुछारमा रहेको छ । टुसाल ८ अंक जोडेर तालिकाको सातौं स्थानमा रहेको छ ।


    शुक्रवार, फाल्गुण १४ २०७७०९:१८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij