Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा २४ घण्टामा थपिए ११२ जना संक्रमित, थप ४ जनाको मृत्यु

नेपालमा २४ घण्टामा थपिए ११२ जना संक्रमित, थप ४ जनाको मृत्यु

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 701
    SHARES

  • नेपालमा २४ घण्टामा थपिए ११२ जना संक्रमित, थप ४ जनाको मृत्यु

    काठमाण्डौ । नेपालमा गएको २४ घण्टामा एक सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार नौ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा एक सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    गएको २४ घण्टामा ५४ जना निको भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार दुई सय ७७ पुगेको छ ।


    यस्तै २४ घण्टामा थप चार जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ७१ पुगेको छ ।


    सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल झर्यो
    नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल झरेको छ ।

    गएको कात्तिक पहिलो हप्ता सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेकोमा अहिले घटेर एक हजारभन्दा तल झरेको हो । अहिले नेपालमा नौ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

     


    शुक्रवार, फाल्गुण १४ २०७७०५:१७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij