Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सहिद स्मारक ’बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक ’बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

  • आइतवार, फाल्गुण १६ २०७७

  • 838
    SHARES

  • सहिद स्मारक ’बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

    काठमाडौं । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुने छ । ब्वाइज र नयाँबस्तीबीचको खेल मध्याहन्न सवा १२ बजे सुरु हुने छ ।

    दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । ब्वाइज ७ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ । नयाँबस्ती ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

    आज अर्को खेलमा खुमलटार युथ क्लबले झम्सिखेल युथ क्लबसँग खेल्ने छ । खुमलटार र झम्सिखेलबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुने छ ।

    खुमलटार सहज जित निकाल्दै शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ । खुमलटार ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    शीर्ष स्थानको सातदोबाटोको १९ अंक रहेको छ । झम्सिखेल ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

    एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुने छ ।


    आइतवार, फाल्गुण १६ २०७७०८:३२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij