एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।
हिजो राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोल अन्तरले पराजित गरेको हो ।
सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।
खेलको ८६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० को सहज जित दिलाए ।
जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलमा ५३ अंक जोडेको छ ।
र्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ । सेभिया ४८ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।