Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बी डिभिजन लिगमा आज आरसिटी र टुसाल भिड्दैँ

बी डिभिजन लिगमा आज आरसिटी र टुसाल भिड्दैँ

  • सोमवार, फाल्गुण १७ २०७७

  • 954
    SHARES

  • बी डिभिजन लिगमा आज आरसिटी र टुसाल भिड्दैँ

    काठमाडौं । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसिटी र टुसाल क्लबबीच प्रतिस्पर्धा हुने छ ।

    आरसिटी र टुसालबीचको खेल मध्यान्ह १२ः१५ बजे सुरु हुने छ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

    आरसिटी ७ खेलमा ९ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ । टुसाल ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

    आज अर्को खेलमा शीर्ष स्थानको सातदोबाटोले श्री भगवती क्लबसँग खेल्ने छ ।

    सातदोबाटो र श्री भगवतीबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुने छ । सातदोबाटो जित निकाल्दै शीर्ष स्थान कायम राख्न चाहन्छ ।

    सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ । श्री भगवती ७ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।


    सोमवार, फाल्गुण १७ २०७७०९:१४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij