Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाबुरामलाई न्युरो–इन्क्राइन ट्युमरमा क्यान्सर छैन तर छिट्टै शल्यक्रिया गर्नुपर्ने : चिकित्सक

बाबुरामलाई न्युरो–इन्क्राइन ट्युमरमा क्यान्सर छैन तर छिट्टै शल्यक्रिया गर्नुपर्ने : चिकित्सक

  • सोमवार, फाल्गुण १७ २०७७

  • 1.0K
    SHARES

  • बाबुरामलाई न्युरो–इन्क्राइन ट्युमरमा क्यान्सर छैन तर छिट्टै शल्यक्रिया गर्नुपर्ने : चिकित्सक

    काठमाडौं । स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् ।

    न्युरो–इन्क्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली जानुभएको थियो । तर, बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको चिकित्सकले निष्कर्ष निकालेको भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ ।

    चिकित्सकले क्यान्सर नभएको निष्कर्ष निकाले पनि ट्युमरलाई भने दुई÷तीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नु पर्ने सुझाएका छन् । तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकको भनाइ छ ।

    भट्टराईको फेब्रुअरी २२ देखि दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा परीक्षण तथा डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिइराख्नुभएको छ ।

    परीक्षण सकिएकोले भट्टराई मंगलबार (भोली) नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने प्रेस सल्लाहाकार पाण्डेले जानकारी दिनुभयो ।


    सोमवार, फाल्गुण १७ २०७७१०:३९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij