काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किदैँ हुनुहुन्छ ।
स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री डा. भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उहाँको सचिवालयले जनाएको छ ।
न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुग्नु भएका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराउनु भएको थियो ।
बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । तर, दुई-तीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन् । तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकको सुझाव छ ।
भट्टराई यही फागुन ९ गते नयाँ दिल्ली जानुभएको थियो ।