Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

सभामुखसहित सांसदहरुलाई आज कोरोना विरुद्धको खोप लगाइँदै

सभामुखसहित सांसदहरुलाई आज कोरोना विरुद्धको खोप लगाइँदै

  • बुधवार, फाल्गुण १९ २०७७

  • 925
    SHARES

  • सभामुखसहित  सांसदहरुलाई आज कोरोना विरुद्धको खोप लगाइँदै

    काठमाडौं । सभामुखसहित संघीय संसद र राष्ट्रियसभाका सांसदहरुलाई आज (बुधबार) कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ।

    बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदलाई कोरोनाविरुद्धको खोप लगाइने संघीय संसद सचिवालयले जनाएको छ।

    यही फागुन २३ गतेदेखि संघीय संसदको हिउँदै अधिवेशन सुरु हुँदै छ। अधिवेशनअघि सांसदलाई खोप लगाउन लागिएको हो।

    प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, दुबै सदनका सांसदसहित उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारीलाई पनि खोप लगाइने छ।

    त्यसैगरी संसदका मर्यादापालक र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ। आज लगाउन छुटेका कमचारीलाई बिहीबार र शुक्रबार पनि खोप लगाइने छ।

    सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ।


    बुधवार, फाल्गुण १९ २०७७०८:२८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij