Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘बी’ डिभिजन लिग फुटबल : बाँसबारी र मध्यपुरको जित

‘बी’ डिभिजन लिग फुटबल : बाँसबारी र मध्यपुरको जित

  • बुधवार, फाल्गुण १९ २०७७

  • 1.1K
    SHARES

  • ‘बी’ डिभिजन लिग फुटबल : बाँसबारी र मध्यपुरको जित

    काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बाँसबारी युवा क्लब तेस्रो स्थानमा पुगेको छ ।

    मंगलबार भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई २–० ले पराजित गर्दै बाँसबारी तेस्रो स्थानमा पुगेको हो । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा बाँसबारीलाई जिताउन दुवै गोल निशान सुनारले गरे ।

    जितसँगै बाँसबारीले ८ खेलमा १८ अंक जोडेको छ । शीर्ष स्थानको सातदोबाटो युथ क्लबको २२ तथा दोस्रो स्थानको खुमलटार युथ क्लबको १९ अंक छ । बाँसबारीसँग पराजित पुल्चोक २ अंकसहित पुछारमा रहेकाले घटुवा हुने सम्भावना बढेको छ ।

    मंगलबारको पहिलो खेलमा मध्यपुर युथ एसोसियसनले दोस्रो जित निकाल्ने क्रममा श्री कुमारी क्लबलाई २–१ ले हरायो । मध्यपुरका लागि कैलाश लामिछाने खत्री र धिरज श्रेष्ठले एक एक गोल गरे ।

    श्री कुमारीका आशिष राईले एक गोल फर्काए । जितसँगै मध्यपुर ८ खेलमा ७ अंकसहित नवौं तथा पराजित श्री कुमारी ८ खेलमा ७ अंकसहित आठौं स्थानमा छ ।

     


    बुधवार, फाल्गुण १९ २०७७०९:२२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij