Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि...

कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि...

  • बुधवार, फाल्गुण १९ २०७७

  • 1.5K
    SHARES

  • कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि...

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्नुभएको छ ।

    भारतको दिल्लीमा उपचार गराएर फर्कनुभएका भट्टराईको ट्विटको जवाफ दिँदै थापाले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नुभएको हो ।

    ‘दिल्लीमा स्वास्थ परीक्षाण-उपचार गरेर फर्कने बित्तिकै यस्तो मौलिक सोंच आउनु मित्रको उर्बर मस्तिष्कको प्रशंसा गर्नैपर्छ’, भट्टराईको सहपाठीसमेत रहेका थापाले प्रतिप्रश्न गर्दै लेख्नुभएको छ, ‘बरु यो सबै कामका लागि भर्खरै दिल्लीबाट स्वस्थ भएर फर्कनु भएका तपाईँलाई नै प्रधानमन्त्री बनाऔं भन्ने मेरो प्रस्ताव छ । यसो गरे कसो होला सहपाठी मित्र ?’

    Capture.PNG

    थापा र भट्टराई राजनीतिमा अगल–अलग धु्रुबको नेतृत्व गर्नुहुन्छ । थापा राजसंस्था र हिन्दूराष्ट्र पक्षधर तथा संघीयताविरोधी राजनीति गर्नुहुन्छ । यता, भट्टराई भने त्यसको ठीक विपरित गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता पक्षधर हुनुहुन्छ ।

    त्यसैले, थापाको प्रधानमन्त्री प्रस्तावलाई अधिकांश ट्विटरकर्ताले व्यङ्यको रुपमा समेत हेरेका छन् । भारतीयनिकटको छवि बनाएका भट्टराईलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर थापाको आफ्नो राजनीतिका कद झनै घटाएको कतिपयको आरोप छ ।

    त्यस्तै, कसै–कसले भने थापाको यो प्रस्तावको समर्थनसमेत गरेका छन् । कसैले भने भट्टराईले भारतबाट आएपछि ‘कम्फर्टेबल’ सरकारको कुरा गरेको आशंका गरेकोतर्फ शंकेत गर्दै त्यसलाई थापाले पनि समर्थन गरेकोमा आपत्ति प्रकट गरेका छन् ।

    अर्जिता कर्ण लेख्नुहुन्छ, ‘ ए तिमीहरूको कम्फर्टेबल सरकार हामीलाई चाहिएकै छैन हो, छैन ।’

    arjita.jpg

    भट्टराईले गएराति गरेको ट्विटमा १० दिनको प्रवास बसाइपछि स्वदेश फर्कँदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनाएको उल्लेख गर्नुभएको थियो । थापाले भट्टराईको ट्विटको प्रशंसा गर्दै प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको हो ।

    दिल्लीबाट फर्किएलगत्तै भट्टराईले ‘फरगिभ’ र ‘फरगेट’को स्प्रिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

    भट्टराईले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिले संविधान संशोधन गर्ने, संवैधानिक अंगहरुलाई निष्पक्ष बनाएर सुशासन कायम गर्ने र छिमेकी मुलुकहरुसँग असल सम्बन्ध बनाएर देशलाई राजनीतिक सहमत्तिबाट अघि बढाउनुपर्ने बताउनुभएको छ ।

    यस्तो छ उहाँको ट्विट :

    ‘१० दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो । यसो गरौं नः १.अहिलेकोे समस्याको जरो ०६५÷६६ पछि भत्केको राजनीतिक सहमति हो । बाटो बिराएर पुरानै ठाउँमा फर्कनु भनेझैं एकपटक‘फरगिभ’ र ‘फरगेट’को स्प्रिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै यी काम गरौं । 

    टिआरसीलगायत शान्तिप्रक्रियाका बाँकी काम पूरागरौं । सहमतिले संविधान संशोधन गरौं । संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिऔं । समावेसी समृद्धिको वृहत् गुरूयोजना बनाएर कार्यान्वयन गरौं । विश्व÷छिमेकमा बदलिँदो भूराजनीतिलाई ध्यान दिंदै मुख्यत ः भारत-चीन-अमेरिकासँग असल सम्बन्ध बनाऔं ।’

    Capture1.PNG


    बुधवार, फाल्गुण १९ २०७७०१:२८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij