Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओलीले नै नेत्तृत्व सम्हाल्न सकेनन् : नेता पाण्डे

ओलीले नै नेत्तृत्व सम्हाल्न सकेनन् : नेता पाण्डे

  • बिहिवार, फाल्गुण २० २०७७

  • 869
    SHARES

  • ओलीले नै नेत्तृत्व सम्हाल्न सकेनन् : नेता पाण्डे

    काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले संयुक्त आन्दोलनमा रहेका पार्टीसँग आवश्यक्ताका आधारमा छलफल गरेर नयाँ सरकार गठन गर्ने बताउनुभएको छ ।

    नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठकपछि निर्णय दिने सभापति देउवाले आश्वासन दिनुभएको उहाँले जानकारी दिनुभयो । उहाँले नेत्तृत्वमा दावी नभएकाले सहकार्यमा आउने अन्य पार्टीले नै सरकारको नेत्तृत्व गर्ने उल्लेख गर्नुभएको छ ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भन्नुभयोे,“हिजोका दिनमा केपी शर्मा ओलीसँग पनि नेत्तृत्व र कुर्सीका लागि झगडा भएको छैन्, उहाँले नै नेत्तृत्व सम्हाल्न सक्नुभएन, परिणाम स्वरुप देश यो अवस्थामा छ त्यसैले अबका दिनमा पनि पदका लागि विवाद हुदैँन ।”

    सांसद खरिद विक्रिमा दाहाल–नेपाल समूह नरहेको उहाँले स्पष्ट पार्नुभएको छ । देशको यो अवस्था धेरै समय राख्दा संकट पैदा हुने भएकाले तत्कालै नयाँ नेत्तृत्व चयन गर्नुपर्ने नेता पाण्डेको भनाइ छ ।

    निर्वाचन आयोगले कानुनीरुपमा दाहाल–नेपाल समूहलाई नै आधिकारीकता दिने उहाँको दावी छ ।


    बिहिवार, फाल्गुण २० २०७७०६:५३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij