काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुने छ ।
शीर्ष स्थानको सातदोबाटो र तेस्रो स्थानको बाँसबारीबीचको खेल मध्याहन्न सवा १२ बजे सुरु हुने छ ।
आज सातदोबाटो बाँसबारीलाई हराएर उपाधि होड बलियो बनाउन चाहन्छ । तर, बलियो बाँसबारीविरुद्ध सातदोबाटोलाई जित निकाल्न सहज हुने छैन ।
सातदोबाटोले ८ खेलमा २२ अंक जोडेको छ । बाँसबारीले ८ खेलमा १८ अंक जोडेको छ ।
यस्तै आज अर्को खेलमा मध्यपुर युथ एसोसियसन र पुल्चोक स्पोर्ट्स क्लबबीच खेल हुने छ । मध्यपुर र पुल्चोकबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुने छ ।
मध्यपुर ८ खेलमा ७ अंक जोडेर १० औं स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।