Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राजनीतिक स्थिरता कायम गर्न सक्रिय छौँ : प्रधानमन्त्री

राजनीतिक स्थिरता कायम गर्न सक्रिय छौँ : प्रधानमन्त्री

  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 910
    SHARES

  • राजनीतिक स्थिरता कायम गर्न सक्रिय छौँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा परिवर्तन ल्याउन राजनीतिक स्थिरता कायम गर्दै सरकार अघि बढिरहेको बताउनु भएको छ ।

    विभिन्न बाधा र अवरोध छिचोल्दै स्वाभिमान, स्वाधीनता र अखण्डता हासिल गर्ने काममा सक्रिय भएर लागेको प्रधानमन्त्रीको भनाइ छ ।

    सुखानी स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राख्नुभएको हो ।

    उहाँले आफु नेतृत्वको सरकारले देशलाई समृद्ध र जनतालाई सुखी बनाउँदै शहीदको सपना साकार पार्ने काम गरिरहेको दाबी गर्नुभएको छ ।

    उहाँले गणतन्त्र स्थापनाको जग झापा आन्दोलन भएकोसमेत उल्लेख गर्नुभयो ।

    आजभन्दा ४८ वर्षअघि आजकै दिन झापा आन्दोलनका क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई कारागार सार्ने बहानामा सुखानीको जंगलमा लगी पञ्चायती सत्ताले हत्या गरेको थियो । सो घटनालाई सुखानी स्मृति दिवसको रुपमा स्मरण गरिन्छ ।


    शुक्रवार, फाल्गुण २१ २०७७०८:४०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij