Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काँग्रेस संसदीय दलको बैठक बस्दै, अविश्वासको प्रस्तावबारे निर्णय हुने सम्भावना

काँग्रेस संसदीय दलको बैठक बस्दै, अविश्वासको प्रस्तावबारे निर्णय हुने सम्भावना

  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 1.0K
    SHARES

  • काँग्रेस संसदीय दलको बैठक बस्दै, अविश्वासको प्रस्तावबारे निर्णय हुने सम्भावना

    काठमाडौं । सत्ता समिकरणका बारेमा छलफल गर्न काँग्रेस संसदीय दलको बैठक आज बस्न लागेको छ। संसद भवन नयाँ बानेश्वरमा रहेको लोत्से हलमा दिउसो १ बजेपछि बस्नेगरी बैठक बोलाइएको हो ।

    बैठकमा आगामी २३ गतेदेखि सुरु हुने संसद अधिवेशनमा काँग्रेसले खेल्ने भूमिकाका बारेमा बढी छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

    त्यसैगरी नयाँ सरकार गठन गर्नु पर्ने अवस्था आएमा कुन पार्टीसँग कसरी सहकार्य गर्ने, अविश्वासको प्रस्ताव काँग्रेसले दर्ता गर्ने की अरुले दर्ता गरेकोमा समर्थन गर्नेलगायतका विषयमा छलफल हुने भएको छ ।

    काँग्रेस सरकारमा जाने वा नजाने भन्ने बारेमा पार्टी भित्र मतान्तर रहेका बेला त्यसलाई कम गर्न वा संस्थागत निर्णयमा पुग्न बैठकको आयोजना गरिएको सांसद तथा केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिनुभयो ।

    साथै संसदमा पेश हुने विधेयक र त्यसमाथी काँग्रेसको प्रभावकारी प्रस्तुती तथा भूमिकाको बारेमा पनि छलफल हुने उहाँले बताउनुभयो ।

    संसदमा प्रतिपक्षीको भूमिका प्रभावकारी नभएको टिकाटिप्पणी भइरहेकाले आगामी दिनमा कसरी प्रभावकारी बनाउने भन्ने बारेमा बैठक केन्द्रीत हुने डा संग्रौलाले दावी गर्नुभयो । यसअघि काँग्रेस पदाधिकारीहरुको बैठक हिजो बेलुका बसेको थियो ।

    यसैबीच, राप्रपाका रसुवा जिल्ला अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको कार्यक्रम मार्फत राप्रपा रसुवाका अध्यक्ष डिले तामाङ र उपाध्यक्ष हयुर्मे तामाङ्सहित केन्द्रीय नेताहरु पनि काँग्रेसमा प्रवेश गर्नु भएको हो ।

     


    शुक्रवार, फाल्गुण २१ २०७७०८:४८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij