Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

न्युजील्यान्डविरुद्धको चौथो टी-२० मा अस्ट्रेलिया विजयी

न्युजील्यान्डविरुद्धको चौथो टी-२० मा अस्ट्रेलिया विजयी

  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 892
    SHARES

  • न्युजील्यान्डविरुद्धको चौथो टी-२० मा अस्ट्रेलिया विजयी

    काठमाडौं । न्युजील्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शुक्रवार सम्पन्न चौथो टी२० मा ५० रनको विजय हासिल गरेको छ ।

    टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनायो ।

     

    जवाफमा न्युजील्यान्ड १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो ।

    अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ७९ रन बनाए । अन्य ब्याट्स्म्यानको खासै योगदान रहेन ।


    न्युजील्यान्डका बलर इश सोधीले तीन, ट्रेन्ट बोल्टले दुई र मिचेल स्यान्टनरले एक विकेट लिए ।

    न्युजील्यान्डको ब्याटिङ निकै कमजोर रह्यो । टप र मिडल अर्डर चल्न नसक्दा टीम स्कोर चेज गर्न असमर्थ भयो । नवौं अर्डरका ब्याट्स्म्यान काइल जेमीसनले सर्वाधिक ३० रनज बनाए ।

    अस्ट्रेलियाका बलरहरूले न्युजील्यान्डलाई खुलेर खेल्न दिएनन् । केन रिचर्डसनले तीन अनि एश्टन एगर, याडम जाम्पा र ग्लेन म्याक्सवेलले दुई–दुई विकेट लिए ।

    शृंखलाको अन्तिम तथा निर्णायक खेल आइतवार हुनेछ ।


    शुक्रवार, फाल्गुण २१ २०७७०४:४८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij