Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बहुमत दाहाल–नेपालसँग छ, आधिकारीकता पाउँछ : नेता शर्मा

बहुमत दाहाल–नेपालसँग छ, आधिकारीकता पाउँछ : नेता शर्मा

  • शनिवार, फाल्गुण २२ २०७७

  • 811
    SHARES

  • बहुमत दाहाल–नेपालसँग छ, आधिकारीकता पाउँछ : नेता शर्मा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता दिनानाथ शर्माले लोकतन्त्रविपरित संवैधानिक निकायहरु नजाने बिश्वास व्यक्त गर्नुभएको छ ।

    उहाँले सर्वोच्च अदालतले संविधानअनुरुप निर्णय गरिसकेकाले अब निर्वाचन आयोगले पनि दाहाल–नेपाल पक्षलाई आधिकारीकता प्रदान गर्ने उल्लेख गर्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भन्नुभयोे,“नियम, कानुन र संविधानअनुसार सर्वोच्च अदालतले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध फैसला गरिसकेकाले अब निर्वाचन आयोग पनि सोहिअनुरुप निर्णय गर्ने मलाई बिश्वास छ । आधिकारीकता दाहाल–नेपाल समूहले नै पाउँछ ।”

    प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उहाँको भनाइ छ । दाहाल–नेपाल समूहतर्फ प्रतिनिधिसभा र राष्ट्रियसभाका १ सय १५ सांसद रहेको नेता शर्माको दावी छ ।


    शनिवार, फाल्गुण २२ २०७७०६:३२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij