Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बी डिभिजन लिगमा आज पनि दुई खेल, पहिलो खेलमा ब्वाइज र टुसालबीच प्रतिस्पर्धा

बी डिभिजन लिगमा आज पनि दुई खेल, पहिलो खेलमा ब्वाइज र टुसालबीच प्रतिस्पर्धा

  • शनिवार, फाल्गुण २२ २०७७

  • 895
    SHARES

  • बी डिभिजन लिगमा आज पनि दुई खेल, पहिलो खेलमा ब्वाइज र टुसालबीच प्रतिस्पर्धा

    काठमाडौं । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल क्लबबीच प्रतिस्पर्धा हुने छ ।

    ब्वाइज र टुसालबीचको खेल मध्यान्ह सवा १२ बजे सुरु हुने छ । ब्वाइज युनियन लिगको चौंथो स्थानमा रहेको छ ।

    ब्वाइजले ९ खेलमा १४ अंक जोडेको छ । टुसाल ९ खेलमा ९ अंक जोडेर तालिकाको आठौं स्थानमा रहेको छ ।

    आजै अर्को खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच खेल हुने छ । खुमलटार र श्री भगवतीबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुने छ ।

    खुमलटार ९ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । श्री भगवतीलाई हराएर खुमलटार शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ ।

    श्री भगवती ९ खेलमा ९ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।


    शनिवार, फाल्गुण २२ २०७७०८:३२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij