Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पहिलो संस्करणको काठमाडौं मेयर कपमा एपीएफविरुद्ध आर्मी ब्याटिङमा

पहिलो संस्करणको काठमाडौं मेयर कपमा एपीएफविरुद्ध आर्मी ब्याटिङमा

  • शनिवार, फाल्गुण २२ २०७७

  • 776
    SHARES

  • पहिलो संस्करणको काठमाडौं मेयर कपमा एपीएफविरुद्ध आर्मी ब्याटिङमा

    काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेटको पहिलो खेलमा अहिले दुई विभागीय टिम एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । 

    टियु क्रिकेट मैदानमा एपीएफले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । एपीएफले फिल्डिङ रोजेपछि आर्मीले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।

    आज दुबै टिम जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । प्रतियोगिता अन्तर्गत आजै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ ।

    प्रतियोगितामा आयोजक टिम काठमाडौं मेयर-११ सहित त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले खेल्ने छन् ।

    राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।

    प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५र२५ हजार पाउने छन् ।

    प्रतियोगितामा खेलाडीले प्रति खेल २ हजार म्याच फि प्राप्त गर्दा प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् ।


    शनिवार, फाल्गुण २२ २०७७११:२१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij