काठमाडौं । नेकपा ओली समूहको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकमा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेताको रुपमा बोलाए त्यो वैधानिक बाटो नहुने बताउँदै केपी शर्मा ओलीलाई नै बोलाउनुपर्ने स्पष्ट पार्नुभयो ।
‘आजदेखि सदन चल्दै छ । नेकपा औपचारिकरुपमा विभाजन भएको छैन । सभामुखले दलको नेताको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन नगरी प्रचण्डलाई गर्नुहुन्न भन्नेमा म बिश्वस्त छु,’ उहाँले भन्नुभयो ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले भन्नुभयोे,“विधिसम्मत्रुपमा केपी शर्मा ओली नै नेकपाको संसदीय दलका नेता भएकाले सभामुखले पुष्पकमल दाहाललाई संसदीय दलको नेताकारुपमा बोलाउनुहुन्छ भन्नेतर्फ हामिले सोचेका छैनौँ । यदि त्यसो भयो भने देश अप्रिय स्थितीमा जान्छ ।”
उहाँले आइतबारको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन कार्यसूची नरहेको पनि बताउनुभएको छ ।
आजको बैठकमा कानुन मन्त्रीले केहि विधेयक संसद्मा पेस गर्ने कार्यसूचीसहित तीनवटा विषयमा मात्र छलफल हुने उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले अहिले कुनै पनि हालतमा राजीनाका नदिने पनि उहाँले जानकारी दिनुभयो ।