काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।
टियु क्रिकेट मैदानमा हुने खेलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।
आज दुबै टिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १ विकेटले हराएको थियो । पुलिसले भने बागमती प्रदेशलाई २ रनले हराएको थियो ।
यस्तै मुलपानी क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रवेश र काठमाडौं मेयर–११ बीच खेल हुनेछ ।
बागमती पहिलो जितको खोजीमा हुने छ । काठमाडौं मेयर–११ भने सुखद सुरुवात गर्ने लक्ष्यमा हुने छ ।
प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् ।