काठमाडौं । कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ ।

यसैबीच, केहीबेरअघि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा खोप लगाएर अभियानको शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्यले पनि खोप लगाउनुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सबैलाई यस अभियानमा सहभागी हुन आह्वान गर्नुभएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।