काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएसँगै तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँतिएका छन् । सवोच्चले दुई दल पुरानै अवस्थामा पुगेको फैसला गरेको छ । या त केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम फेर्नुपर्ने भएको छ ।
ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गर्दै कट्टेलको नेकपालाई सर्वोच्चले आधिकारिकता दिएको हो ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
फैसलाको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् :
supreme_194511.pdf :To download file click here