Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक सुरु

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक सुरु

  • आइतवार, फाल्गुण २३ २०७७

  • 1.4K
    SHARES

  • पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक सुरु

    काठमाडौं-  पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक शुरु भएको छ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजेदेखि शुरू हुने भनिएको बैठक ढिलो शुरू भएको हो। संसद् सचिवालयले आजको बैठकका लागि तय गरिएको कार्यसूचीमा केही परिमार्जन गरेको छ। परिमार्जित कार्यसूचिअनुसार बैठकमा सभामुखले राष्ट्रपतिबाट बैठक आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।

    यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश–२०७७ पेश गर्ने कार्यसूची छ। प्रतिनिधि सभाको अधिवेशन नचलेको समयमा सरकारले गत मंसिर ३० गते संवैधानिक निकायमा पदपूर्तिका लागि अध्यादेश जारी गरेको थियो।

    प्रतिनिधि सभाको बैठक बसेको ६० दिनभित्र सो अध्यादेश संसद्ले अनुमोदन नगरे निष्क्रिय हुने संवैधानिक व्यवस्था छ। प्रतिनिधि सभाको बैठकले यही प्रतिनिधि सभाका २ र १२ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दैछ। प्रतिनिधि सभाका सदस्यद्वय नेपाली कांग्रेसका सूर्यबहादुर केसी र नेकपाकी सानु सिवाको निधन भएको थियो।

    गत असार यता प्रतिनिधि सभाको बैठक नबसेका कारण आजको कार्यसूचीमा १४ जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्न लागिएको हो। पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति विद्या भण्डारीको निर्णय सर्वोच्च अदालतले फागुन ११ गते बदर गरेपछि प्रतिनिधि सभा आजदेखि सुचारू हुन लागेको हो।


    आइतवार, फाल्गुण २३ २०७७०५:२७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij