Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको फैसलाले सशक्तरुपमा प्रस्तुत हुन मार्गनिर्देश गर्यो : अधिकारी

सर्वोच्चको फैसलाले सशक्तरुपमा प्रस्तुत हुन मार्गनिर्देश गर्यो : अधिकारी

‘ओली समूह कमजोरी सच्याएर पार्टी एकता कायम गर्नेतिर लाग्छ’
  • सोमवार, फाल्गुण २४ २०७७

  • 998
    SHARES

  • सर्वोच्चको फैसलाले सशक्तरुपमा प्रस्तुत हुन मार्गनिर्देश गर्यो : अधिकारी

    काठमाडौं । सांसद खगराज अधिकारीले नेकपाको नाम विवादबारे सर्वोच्च अदालतको फैसलाले केपी शर्मा ओली समूहलाई नयाँ तवरले अघि बढ्न बाटो खोलिदिएको बताउनुभएको छ ।

    उहाँले सर्वोच्चको आइतबारको फैसलाले विगतका कमी कमजोरीलाई सच्याएर झन् सशक्तरुपमा प्रस्तुत हुने मार्गनिर्देश गरेको उल्लेख गर्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद अधिकारीले भन्नुभयोे,“हाम्रो पार्टीले अब सहि दिशातिर अघि बढ्न कदम चाल्छ, सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्ने हाम्रो कर्तव्य हो ।”

    कसैले सर्मथन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत लिने सांसद अधिकारीले उल्लेख गर्नुभयो ।

    आवेग र उत्तेजनाले कहिल्यै पनि सहि निर्णय नदिने बताउँदै उहाँले कमी कमजोरी सच्याएर पार्टी एकता कायम गर्नेतिर ओली समूह लाग्ने जानकारी दिनुभएको छ ।


    सोमवार, फाल्गुण २४ २०७७०७:०१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij