Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महिलाको मुख्य आवश्यक्ता सुरक्षा र रोजगारी : डा. संग्रौला

महिलाको मुख्य आवश्यक्ता सुरक्षा र रोजगारी : डा. संग्रौला

  • सोमवार, फाल्गुण २४ २०७७

  • 1.4K
    SHARES

  • महिलाको मुख्य आवश्यक्ता सुरक्षा र रोजगारी : डा. संग्रौला

    काठमाडौं । नेपाली काँग्रेसका नेतृ डा.डिला संग्रौलाले आजका महिलाको मुख्य आवश्यक्ता सुरक्षा र रोजगारी रहेको बताउनुभएको छ ।

    १११ औं अन्र्तराष्ट्रिय नारी दिवसको प्रसंगमा कुरा गर्दै उहाँले अहिले पनि देशमा महिला असुरक्षित रहेकाले सबैको पहिलो जोड उनीहरुलाई सुरक्षा र रोजगारीको ग्यारेण्टी गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ संग्रौलाले भन्नुभयोे,“अहिले पनि मधेशमा दाईजो प्रथा छ, पहाडमा छाउपडी प्रथाले जरा गाडेको छ, यी सबै समस्या समाधान गर्न सशक्तरुपमा लड्नु पर्छ अब जनचेतना अति आवश्यक छ, त्यो पनि एकतावद्धरुपमा ।”

    महिला सवलीकरण अझै नभएकाले त्यसतर्फ सरकार र सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने उहाँले स्पष्ट पार्नुभएको छ ।


    सोमवार, फाल्गुण २४ २०७७०७:२५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij