Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले र माओवादी केन्द्र एकीकरणका बारेमा बोल्नु अदालतको बाध्यता : कट्टेल

एमाले र माओवादी केन्द्र एकीकरणका बारेमा बोल्नु अदालतको बाध्यता : कट्टेल

  • सोमवार, फाल्गुण २४ २०७७

  • 883
    SHARES

  • एमाले र माओवादी केन्द्र एकीकरणका बारेमा बोल्नु अदालतको बाध्यता : कट्टेल

    काठमाडौं । नेकपाका अध्यक्ष ऋषि कट्टेलले एमाले र माओवादी केन्द्रको एकिकरणको बारेमा बोल्नु अदालतको बाध्यता भएको टिप्पणी गर्नुभएको छ ।

    उनीहरुलाई पुराने अवस्था कायम गराइदिनु अदालतको बाध्यता हो, नेपाली रेडियो नेटर्वको नेपाली बहसमा उहाँले भन्नुभयो ।

    पुरानो अवस्था कायम नगरेको भए उनीहरु सवै पार्टी विनाका नेता, मन्त्री, सांसद, प्रधानमन्त्री हुने भएकाले बोल्नु पर्ने बाध्यता भएको उहाँको तर्क थियो ।

    उनीहरु पार्टी विनाका हुने वित्तिकै अझ धेरै राजनीतिक रिक्तता र अन्यौलता सृजना हुने भएकाले उनीहरुलाई कुनै पार्टीमा कायम राखिदिनु परेको उहाँले बताउनुभयो ।

    आफुले माग गरेको विषयमा निर्णय गर्दै गर्दा त्यससँग प्रत्यक्ष जोडिएको विषयमा पनि स्पष्ट पार्नु स्वभावि भएको उहाँको भनाई छ ।

    मेरो माग पुरा गर्दा उनीहरुलाई पर्ने असरका बारेमा पनि बोल्नु परेको हो, त्यसैले अदालतको फैसलालाई मैले गलत र अस्वभाविक मानेको छैन, उहाँले भन्नुभयो ।

    अदालतले तत्कालिन एमाले र माओवादी पार्टी र त्यसका नेता कार्यकर्ताहरुको अदालतले रक्षा गरिदिएको कट्टेलको बुझाई छ ।

    नत्र त झन शुन्य अवस्थामा हुन्थ्यो, सांसद हुदैन थिए, फेरी सवै विघटन हुन्थ्यो, प्रधानमन्त्री, संसद, हुन्थ्यो, अस्तीत्व जोगाइदियो त, उहाँले भन्नुभयो ।

    ओली र प्रचण्डले बदमासी गरेकाले उथल पथल भएको नेता कट्टेलको टिप्पणी छ । उनीहरु आफ्नो पार्टीमा आउनका लागि पार्टीको सदस्यता फाराम भरेर मापदण्ड पुरा गरेर मात्रै सक्ने उहाँले स्पष्ट पार्नुभयो ।


    सोमवार, फाल्गुण २४ २०७७०७:३०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij