Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बी डिभिजन लिगमा आजको पहिलो खेल सातदोबाटो र मध्यपुरबीच

बी डिभिजन लिगमा आजको पहिलो खेल सातदोबाटो र मध्यपुरबीच

  • सोमवार, फाल्गुण २४ २०७७

  • 623
    SHARES

  • बी डिभिजन लिगमा आजको पहिलो खेल सातदोबाटो र मध्यपुरबीच

    काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब र मध्यपुर युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।

    सातदोबाटो र मध्यपुरबीचको खेल मध्यान्ह सवा १२ बजे सुरु हुने छ । दुई खेल अगाबै ’ए’ डिभिजनमा बढुवा भईसकेको सातदोबाटो सहज जितको खोजीमा रहेको छ ।

    सातदोबाटो जित निकाल्दै आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ । मध्यपुरले ९ खेलमा १० अंक जोडेको छ । मध्यपुर तालिकाको आठौं स्थानमा रहेको छ ।

    आजको अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसिटीले पुल्चोक स्पोर्ट्स क्लबसँग खेल्ने छ ।

    आरसिटी र पुल्चोकबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुने छ । आरसिटी १३ अंक जोडेर पाचौं स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।


    सोमवार, फाल्गुण २४ २०७७०७:५६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij