Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

किन सर्यो दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक ?

किन सर्यो दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक ?

  • सोमवार, फाल्गुण २४ २०७७

  • 856
    SHARES

  • किन सर्यो दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक ?

    काठमाडौं । साबिक नेकपाको दाहाल–नेपाल समूह स्थायी कमिटी बैठक अपराह्न ३ बजेलाई सारेर कानूनविद्हरूसँग परामर्शमा जुटेको छ ।बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ३ बजेलाई सारिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

    ‘साविकका एमाले र माओवादी केन्द्रको एकता नै अस्वीकार गरेर सर्वोच्चले फैसला गरेपछि जटिलता निम्तिएको छ । यसमा अझै गहन र बृहत छलफलको आवश्यकता देखियो,’ साहले भने, ’त्यसैबारे अझ प्रष्ट दृष्टिकोण बनाउन अध्यक्षहरू कानूनविद्हरूसँग परामर्शमा हुनुहुन्छ ।’

    सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल–नेपाल समूहले आइतबारदेखि नै कानूनविद्हरूसँग सघन छलफलमा छन् ।

    आइतबार साँझ पनि सिंहदरबारमा कानूनबिद्संग छलफल गरेका थिए । सो छलफलमा कानूनविद्हरूले अदालतको फैसलाको पुनरावलोकनमा जान सुझाएका थिए ।

    कानूनविद्हरूको सुझाव र स्थायी सदस्यहरूको धारणालाई आधार बनाउँदै दाहाल–नेपाल समूहले धारणा तय गर्नेछ ।


    सोमवार, फाल्गुण २४ २०७७०९:२७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij