Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल पक्षको भेला : बनाउँदै नयाँ रणनीति

नेपाल पक्षको भेला : बनाउँदै नयाँ रणनीति

  • सोमवार, फाल्गुण २४ २०७७

  • 796
    SHARES

  • नेपाल पक्षको भेला : बनाउँदै नयाँ रणनीति

    काठमाडौं । एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।
    नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् । काठमाडौंको एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी भएको छ ।

    सर्वोच्चको आइतबारको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अप्ठ्यारोमा परेका पूर्वप्रधानमन्त्री नेपाल नयाँ रणनीतिका साथ बढेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब उनको गर या मरको राजनीतिक लडाइ शुरु भएको छ ।

    नेपालले नेकपा एमाले फुटाउने सम्मको तयारी गरेका छन् । त्यसका लागि उनले हिजो राति अबेरसम्म परामर्श गरेका छन् । आज पनि आफ्नो समूहको छुट्टै बैठक डाकेका छन् ।

    नेपाललाई प्रधानमन्त्री बन्नका लागि प्रस्तावहरु आएपछि आज उनी उत्साही भएको बुझिएको छ ।

    अहिले नेपालसँग ४० जना सांसद छन् । एमालेका १२१ सांसदमध्ये पार्टी विभाजन गर्न उनीसँग पर्याप्त सांसद छैनन । ४८ सांसदको आवश्यकता पर्ने भएपछि नेपाल त्यसका लागि सक्रिय भएको स्रोतले जनाएको छ ।

     


    सोमवार, फाल्गुण २४ २०७७०३:५३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij