Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीलाई पदबाट हटाउने अभियानमा छौँ : गणेश शाह

प्रधानमन्त्रीलाई पदबाट हटाउने अभियानमा छौँ : गणेश शाह

  • मंगलवार, फाल्गुण २५ २०७७

  • 1.5K
    SHARES

  • प्रधानमन्त्रीलाई पदबाट हटाउने अभियानमा छौँ : गणेश शाह

    काठमाडौं । माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश शाहले माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको बिश्वासको मत फिर्ता लिन केहि समय लाग्ने बताउनुभएको छ ।

    उहाँले प्रधानमन्त्रीले देशलाई अराजकता र प्रतिगमनतिर धकेल्ने प्रयास गरेकाले माओवादी केन्द्र संसद्लाई बचाउने तर प्रधानमन्त्रीलाई हटाउने खुलासा गर्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै स्थायी समिति सदस्य शाहले भन्नुभयोे,“अहिले धेरै कुरा अनिश्चित छन्, मुलुकलाई स्थिरतामा ल्याउन हामी कोशिस गर्दै छौँ, प्रधानमन्त्रीलाई पदबाट हटाउने अभियानमा छौँ ।”

    संसद् पुनस्र्थापनापश्चात प्रधानमन्त्रीलाई बेला–बेला राजीनामा दिन अनुरोध गर्दापनि नमानेको टिप्पणी गर्दै शाहले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अभियानमा लागेको स्पष्ट पार्नुभएको छ ।



    मंगलवार, फाल्गुण २५ २०७७०६:५४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij